गुरुङ विशेष

आक्राङ देउराली पैकिलामा भाइखलकद्वारा चेलीबेटी भेटघाट

मुइय थाईका खेलाडी संगम गुरुङलाई शुभकामना र आशीर्वाद

काठमाडौं । आक्राङ देउराली पैकिलामा भाइखलक समाजले वार्षिक चेलीबेटी भेटघाट गरेको छ। समाजकी अध्यक्ष मायारानी गुरुङको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा ७० जना सहभागी थिए।

सोही अवसरमा समाजले मुइय थाई खेलका खेलाडी संगम गुरुङलाई शुभकामना र आशीर्वाद प्रदान गरेको थियो। तमू समुदायको चलनअनुसार खादा, माला र फेटाले सम्मान गरेको हो। २०२२ बाट सौखका रुपमा युकेको स्थानीय क्लबमा आवद्ध भएका संगमले हालसम्म ९ खेल खेलिसकेका छन्।

खेलेका खेलमध्ये ७ खेलमा जीत हात पारिसकेका छन्। सम्मानपछि बोल्दै खेलाडी संगमले आफूलाई समाजले गरेको सम्मानबाट थप आत्मबल बढेको बताए। फेदीखोला गाउँपालिका वडा २ देउराली स्थायी घर भएका शिवचन्द्र गुरुङ र मीरा गुरुङका जेठो छोरा हुन् संगम।

स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका आक्राङ गाउँ र देउराली गाउँबाट विभिन्न समयमा रोजगारीको सिलसिलामा युके गएर बस्दै आएका गुरुङहरु संगठित आक्राङ देउराली पैकिलामा भाइखलक युकेको स्थापना गरेको हो। समाजले संस्था स्थापना भएदेखि नै आफ्ना भाइखलकको नियमित भेटघाटको लागि वार्षिक कार्यक्रम आयोजना गर्दै आएको छ।