गुरुङ विशेष

अकोराब बागमतीको कोषाध्यक्षमा दानबहादुर गुरूङ

चितवन । तमू सञ्चारकर्मी संघ नेपालका केन्द्रीय सदस्य दानबहादुर गुरूङ सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)को बागमती प्रदेश कमिटीको कोषाध्यक्षमा निर्वार्चित भएका छन्।
काठमाडौँमा सम्पन्न अधिवेशनबाट प्रदेश कमिटीको कोषाध्यक्षमा गुरूङ सर्वसम्मतरूपमा चयन भएका हुन्।

विगत १५ वर्षदेखि चितवनको सञ्चार क्षेत्रमा क्रियाशील गुरूङ चितवनको कुरिनटारस्थित इच्छाकामना एफएममा कोषाध्यक्ष तथा स्टेशन म्यानेजरको भूमिकामा कार्यरत छन्।