गुरुङ विशेष

जिफानको अध्यक्षमा राजबहादुर

पोखरा । गुरूङ फिल्म एसोसियसन नेपाल (जिफान)को अध्यक्षमा राजबहादुर गुरूङ (राजेश) चयन भएका छन्। शनिबार पोखरामा सम्पन्न १६औँ वार्षिक साधारणसभा तथा आठौं राष्ट्रिय सम्मेलनबाट चलचित्र निर्देशक राजेशको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

सर्वसम्मतरूपमा चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्षमा अर्जुन गुरूङ, द्वितीय उपाध्यक्षमा कुविना गुरूङ, महासचिवमा तोलबहादुर गुरूङ (लवशन), सचिवमा टेकमान गुरूङ र कोषाध्यक्षमा इन्द्रमाया गुरूङ चयन भएका छन्।

महिला विभाग प्रमुखमा सपना गुरूङ, प्राविधिक विभाग प्रमुखमा राजकुमार गुरूङ, भाषा तथा साहित्य विभाग प्रमुखमा तारा गुरूङ, बजार व्यवस्थापन विभाग प्रमुखमा खेम गुरूङ, प्रचारप्रसार विभाग प्रमुखमा रक्षा गुरूङ चयन भएका छन्।

सदस्यहरूमा टेकबहादुर गुरूङ, भूपेन्द्र गुरूङ, रामप्रसाद गुरूङ, आशिष गुरूङ, विराज गुरूङ, धर्मराज घले, नवीन गुरूङ, पिटर गुरूङ, तारजङ गुरूङ (टार्जन), केशबहादुर गुरूङ, गंगाबहादुर गुरूङ र अञ्जु गुरूङ चयन भएका निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिमा दुर्गाबहादुर गुरूङ (मिलन), कृष्णकुमार गुरूङ र माओत्सेतुङ गुरूङ थिए।