गुरुङ विशेष

इकाइ समिति गठनलाई तीव्रता दिँदै तमू विद्यार्थी छोंज धीं

भरतपुर-२९ को भतेरी इकाइमा सुजिना तमूस्योको नेतृत्व

भरतपुर । नेपाल तमू (गुरूङ) विद्यार्थी छोंज धीं चितवन अन्तर्गत भतेरी इकाइको अध्यक्षमा सुजिना गुरूङ चयन भएकी छन्। शुक्रबार सम्पन्न दोस्रो भतेरी इकाइ सम्मेलनबाट सुजिनाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।

उपाध्यक्षमा विशेषता गुरूङ, सचिवमा बन्धना गुरूङ, कोषाध्यक्षमा इच्छा गुरूङ र सहसचिवमा जेनी गुरूङ चयन भएका छन्। यस्तै सांस्कृतिक संयोजकमा पुष्पा गुरूङ चयन भएकी छन्।

कार्यसमिति सदस्यहरूमा भने जुनिसा गुरूङ, अनु गुरूङ, सोनु गुरूङ, रूपा गरूङ, विपना गुरूङ, मनिषा गुरूङ, अनिता गुरूङ, तारा गुरूङ, र रीता गुरूङ चयन भएका छन्।

सोही क्रममा सल्लाहकार समितिसमेत चयन गरिएको छ। समितिको सल्लाहकार संयोजकमा विनु गुरूङ र सदस्यहरूमा लालमाया गुरूङ, सविता गुरूङ, सीतामाया गुरूङ, टेकबहादुर गुरूङ र रूपा गुरूङलाई चयन गरिएको नेपाल तमू विद्यार्थी छोंज धीं चितवनका उपाध्यक्ष रूक्सन गुरूङले जानकारी दिए।

कार्यक्रममा नेपाल तमू विद्यार्थी छोंज धींका केन्द्रीय शैक्षिक विभाग प्रमुख डोल्मा गुरूङ प्रमुख अतिथि थिइन्। नेपाल तमू विद्यार्थी छोंज धीं चितवनका अध्यक्ष सुमित गुरुङको अध्यक्षतामा सम्पन्न उक्त भेलामा भतेरी तमू समाजकी अध्यक्ष सीतामाया गुरूङ, भतेरी टोल सुधार समितिका अध्यक्ष टेकबहादुर गुरूङलगायतका व्यक्तिहरूको उपस्थिति थियो।

असोज ५ गते १२औँ जिल्ला अधिवेशन गर्ने तयारीमा रहेको तमू विद्यार्थीले इकाइ समिति गठनलाई तीव्र पारेको छ।