गुरुङ विशेष

मैत्रीबुद्ध तमू समाजको अध्यक्षमा नेत्रप्रसाद

काठमाडौं । मैत्रीबुद्ध तमू समाज काठमाडौंको अध्यक्षमा नेत्रप्रसाद गुरूङ चयन भएका छन्। समाजको २२औं साधारण सभा तथा दशौं अधिवेशनले नेत्रप्रसाद गुरूङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

समाजको वरिष्ठ उपाध्यक्ष क्या. मीनबहादुर गुरूङ, प्रथम उपाध्यक्ष मीनसुबा गुरूङ, द्वितीय उपाध्यक्षमा चुनप्रसाद गुरूङ, महासचिवमा रविन गुरूङ, सचिवमा कुलप्रसाद गुरूङ, कोषाध्यक्षमा सुवेदार मेजर विजय गुरूङ, सहसचिवमा रत्ना गुरूङ र सहकोषाध्यक्ष झकबहादुर गुरूङ चयन भएका छन्।

सदस्यहरूमा सोम गुरूङ, दुतप्रसाद गुरूङ, गुड्डु गुरूङ, हस्तकुमारी गुरूङ, मीनसुभा गुरूङ र गजबहादुर गुरूङ चयन भएका छन्। अधिवेशनले मीनशोभा गुरूङको संयोजकत्वमा समाजको ९ सदस्यीय महिला उपसमितिसमेत गठन गरेको छ।

नवविर्वाचित अध्यक्ष नेत्रप्रसाद गुरूङले सामाजिक विकास र सामुदायिक हितका लागि आफ्नो कार्यकाल फलदायी बन्ने अपेक्षा गरेको बताए।