ब्यानर

तमु समाज युकेका पूर्वअध्यक्षद्वय शिवशरण र शिवकुमार गुरुङलाई मातृशोक

लन्डन । तमु समाज युकेका पूर्वअध्यक्ष शिवशरण गुरुङ र निवर्तमान (पूर्व) अध्यक्ष शिवकुमार गुरुङलाई मातृशोक परेको छ । पूर्वअध्यक्षद्वयका आमा कुन्ती गुरुङको मंगलबार राति निधन भएको हो ।

नेपालमा पुरानो गाउँ आर्थर प्रेमस्वाँरा हाल कुष्मा नगरपालिका र नारायणगढ भरतपुर एयरपोर्ट अगाडि बसोबास गर्दै आएकी कुन्ती गुरुङको मंगलबार ०३ सेप्टम्बर २०२४ को राति ८७ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले जानकारी दिए । कुन्ती गुरुङ केही समयदेखि रोगको उपचार गर्दैआएकी थिइन् ।

मृतक कुन्तीको स्थानीय घाटमा तमु संस्कार अनुसार बुधबार अन्त्येष्टि गरिएको छ ।

यसैबीच तमु समाज युकेका अध्यक्ष बिन्दु घले गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले कुन्ती गुरुङको निधनले स्तब्ध र मर्माहत भएको जनाएका छन् । उनीहरुले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मातृशोकमा रहेका तमु समाज युकेका पूर्वअध्यक्ष शिब शरण गुरुङ, निवर्तमान अध्यक्ष शिब कुमार गुरुङ, आजीवन सदस्य अर्जुन गुरुङसहित शोकसन्तप्त परिवारजनलाई भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दै समवेदना प्रकट गरेका छन् ।