ब्यानर

वंशु गुरुङका सन्तानले दिए सञ्चारमन्त्री गुरुङलाई बधाई

पोखरा । सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

कार्यक्रमको सिलसिलामा पोखरा आएका नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङलाई प्रतिष्ठानको तर्फबाट कार्यकाल सफलताको शुभकामना दिइएइको हो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङले सञ्चारमन्त्रीलाई फेटा गुथाएर सफल मन्त्री बन्न शुभकामना दिए ।

त्यस्तै, प्रतिष्ठानका पदाधिकारीहरु क्या. चिनबहादुर गुरुङ, बिनु गुरुङ, राजेश गुरुङ, बुद्धिबहादुर गुरुङ, यामबहादुर गुरुङ लगायतले खादा लगाएर बधाई दिएका थिए ।

मन्त्री गुरुङले प्रतिष्ठानसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए ।

प्रतिष्ठानले शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुरमा निर्माण गरेको सिकारी सरदार वंशु (वंश) गुरुङको शालिक गण्डकी प्रदेशमा मुख्यमन्त्री हुँदा २०७६ कात्तिक ९ गते मन्त्री गुरुङले अनावरण गरेका थिए ।