फोटो कथा

टेलिभिजनमा पहिलोपटक गुरुङ भाषामा समाचारवाचक गणेशमान गुरुङलाई सम्मान

दोस्रो गुरुङ भाषा प्रशारण दिवस

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले दोस्रो गुरुङ भाषा प्रशारण दिवस मनाएको छ ।

रेडियो नेपालबाट २०५१ भदौ १ गतेका दिन गुरुङ भाषामा पहिलोपटक समाचार प्रसारण भएको दिनको स्मरण गर्दै संघले गत वर्षदेखि यो दिवस मनाउन थालेको हो ।

दिवसको अवसरमा आज आयोजित समारोहमा टेलिभिजनमा पहिलोपटक गुरुङ भाषामा समाचार वाचन गर्ने सगरमाथा टेलिभिजनका समाचार सम्पादक गणेशमान गुरुङलाई सम्मान गरियो ।

सम्मानित गणेशमान गुरुङलाई सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेटा गुथाउँदै सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका संरक्षण परिषदका अध्यक्ष रेशम गुरुङ, वरिष्ठ उपाध्यक्ष आरबी गुरुङ, फोनिजका अध्यक्ष गजुरधन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।