ब्यानर

खोटाङका गुरुङले सिके आफ्नो भाषा, मातृभाषामै कविता वाचन

काठमाडौं । काठमाडौंमा बसोबास गर्ने खोटाङका गुरुङहरुले आफ्नो मातृभाषा सिकेका छन् । मातृभाषा प्रशिक्षणको कार्यक्रम शनिवार एक कार्यक्रमबीच समापन गरिएको छ ।

डेढ महिना चलेको प्रशिक्षण कार्यक्रममा ८० प्रतिनिधिको सहभागिता थियो । प्रशिक्षकद्वय डम्बरबहादुर गुरुङ र मिना गुरुङले प्रशिक्षण दिएका थिए ।

खोटाङ गुरुङ (तमु) सेवा समाज काठमाडौको आयोजनामा भएको सो प्रशिक्षण आदिवासी जनजाति उत्थान रास्टि«य प्रतिष्ठान, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, तमु बौद्ध सेवा समिति नेपाल अनामनगर, शुभबिहानी ऋण तथा बचत सहकारी लिमिटेडको समन्वयमा भएको थियो ।

समाजका अध्यक्ष होमनाथ गुरुङको सहभापतित्वमा भएको कार्यक्रममा सुनिता गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

प्रशिक्षणमा सहभागी बिनिता तमुस्यो र यमकुमारी तमुस्योले तमु भाषामै नाटक प्रस्तुत गरेका थिए । संगीता तमुस्योले तमू भाषामै कविता प्रस्तुत गरेका थिए ।

तालिम बैशाख १५ देखि असार १ गतेसम्म सञ्चालन भएको थियो ।

तमु भाषा विभाग सदस्य रबिन गुरुङ, इलाम गुरुङ समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङ, तमु बौद्ध सेवा समितिका अध्यक्ष क्या. नारायण गुरुङ, तमु ह्युल छोंज धीं गुरुङ राष्टिय परिषदका वरिष्ठ उपाध्यक्ष आरबी तमु , आदिवासी जनजाति आयोगका आयुक्त सूर्यबहादुर गुरुङ, संविधानसभा सदस्य हिरा गुरुङले मन्तव्य राखेका थिए ।

कार्यक्रममा ८० जना प्रशिक्षार्थीलार्इ प्रमाणपत्र वितरण गरेको थियो । सो तालिममा सुनिता तमुस्यो प्रथम, धनमाया गुरुङ द्वित्तीय र पवित्र घले तृतिय भएका थिए । उनीहरुलाई सम्मान स्वरुप नगद दिइएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री सीता गुरुङले पूर्व र पश्चिमका गुरुङहरुकोा भेषभूषा मिल्छ, चाडबाड मिल्छ, संस्कृति मिल्छ, भाषा मात्र नजानेको भन्दै अब त्यो पनि पूरा हुँदै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रम मैना तमुस्योले सञ्चालन गरेका थिए भने कार्यक्रममा युवा, समिति, आमा समितिले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।