जंगबहादुरविरुद्ध गुरुङ जमदारको विद्रोह

राजकुमार दिक्पाल नेपाली इतिहासको पाना पल्टाउँदा गुरुङहरूलाई एक योद्धा जातिको रूपमा पाउन सकिन्छ। कप्तान किनलकको नेतृत्वमा नेपाल आक्रमण गर्न आएका अङ्ग्रेज सेनालाई ढुङ्ग्रेबासको युद्धमा दपेटेर धुलो चटाउने वंशु गुरुङ हुन् वा गाइनेको भेष धारण गरी पोखरा पुगेर पृथ्वीनारायण शाहका विरोधीलाई सिध्याउने झागल गुरुङ। पृथ्वीनारायण शाहको समयका यी दुईको नाम नेपालको इतिहासमा सूरबीर र पराक्रमीका रूपमा…